बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम, सतर्क रहन स्थानीय प्रशासनको आग्रह

बर्दिया : गएरातिदेखि परेको अविरल वर्षाका कारण बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ ।

बाढी पहिरोको जोखिम बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बबई र राप्ती नदीमा पानीको बहाव निकै बढेको छ । खतराको संकेत थपिँदै गएकाले बर्दिया, सुर्खेतलगायतका जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाएर स्थानीय प्रशासनले आग्रह गरेको हो ।

त्यस्तै पश्चिम राप्तीको बाढीले बाँके र दाङका तटीय वस्ती जोखिममा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार