अन्तत अर्जेन्टिना घर फर्कियो, फ्रान्सको संघर्षपुर्ण जित

रुसमा चलिरहेको विश्वकप फुटवलमा अर्जेन्टिना घर फर्किएको छ । जारी विश्वकपमा दावेदार मानिएको लियोनल मेसीको टिम अर्जेन्टिना घर फर्किएको हो । थपिएको समयमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्ससँगको दुरी घटाएपनि हार टार्न भने सकेन ।

दोस्रो हाफको खेल चलिरहँदा फेरी फ्रान्सले अग्रता दोब्बर पारेको थियो । तर थपिएको समयमा अर्जेन्टिनाको सर्जियो अग्युरोले गोल गर्दै दुरी घटाएका हुन् ।

फ्रान्सले खेलको ६८ औं मिनेटमा चौथो गोल गरेको हो । त्यस्तै खेलको ६४ औं मिनेटमा तेस्रो गोल गरेको थियो । दुबै टिम दोस्रो हाफ सुरु भएपछि खेलको ५७ औं मिनेटमा फ्रान्सले दोस्रो गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो । त्यसपछि लगातार दुई गोल गरेको थियो ।

दोस्रो हाफ सुरु हुने बित्तिकै अर्जेन्टिनाले गोल गरेको थियो ।  खेल सुरु भएको १३ मिनेटमा पेनाल्टी मार्फत फ्रान्सले अग्रता लिएकोमा अर्जेन्टिनाले त्यसको बदला लिएको थियो ।

४१ मिनेटमा अर्जेन्टिनाले गोल फर्काएको थियो । एन्जेल डिमारियाले गोल अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए । यी दुबै टोलीको भिडन्तसँगै औपचारिक रुपमा रुसमा जारी विश्वकप फुटवलमा नकआउट चरणका खेलहरु सुरु भएको छ । १९९८ को विश्वकप विजेता फ्रान्सलाई रोक्न अर्जेन्टिना असफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार