इलाम : राष्ट्रिय सूचना आयोगका आयुक्त कृष्णहरी बाँस्कोटाले सूचनाको हक नै लोकतन्त्रको प्राण भएको वताउनु भएको छ ।
जिल्ला प्रशाासन कार्यालय इलाम र नेपाल पत्रकार महासंघ इलाम शाखाद्धारा आयोजित सूचनाको हक संरक्षण, सम्वर्दन र प्रचलन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो वताउनु भएको हो ।
प्रत्येक नागरिकलाई सूचना पाउने हक भएको भन्दै सार्वजनिक चासोका विषयमा नागरिक जाकरुप भएर सूचना लिनु पर्ने उहाँको भनाई छ । सूचनाको हकको प्रयोग हुन सके पारदर्शिता, न्याय र लोकतन्त्रको रक्षा हुने उहाँको भनाई छ ।
‘संविधानमा २७४ वटा धारा छन्, त्यहाँ सवैलाई सम्मान गर भनेको छैन तर कानुनलाई भने सम्मान गर भनेको छ ।’ उहाँले भनुनुभयो । कानुनको प्रयोग गरेर सूचना माग्न उहाँले सवैलाई आग्रह सकेत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षता तथा सूचना आयुक्त बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकालले गरेकी थिइन् ।






















































