रोङ : रोङ ६ को जिर्मलेमा दुइदिने मौरी पालन र ब्यवस्थापन संबन्धि तालिम समापन गरि मौरी पालक किसानहरुलाइ उपकरण बितरण गरिएको छ ।
गरिव सग बिश्वेश्वरू ६ न्ां वडा कार्यलयको साझेदारीमा गरिदै आएको तालिममा हाल मौरी पालन गरिरहेको र मौरी पालन गर्न रुचाउने किसानहरुको लागि तालिमको आयोजना गरिएको थियो ।
मौरी पािलन ब्यवसायलाइ प्रबधन गर्न तालिम पछि हरेक समुहलाइ ७५ प्रतिसत अनुदानमा एकथान महदानी, घुम्टी र धुवादानी बितरण गरिएको छ । मोरीको घारबाट महको चाका भिलकेर नबिगारीकन महदानीबाट मह निकालेमा मौरीलाइ चाका बनाउन नपर्ने र छिटो मह लगाउन महदानीको प्रयोग गरिने गरेको छ। यसैगरी मौरीले मानिसको अनुहारमा चिल्न नसकोस भनेर प्रयोग गरिने टोपी घुम्टी र मौरीलाइ अस्थाइ रुपमा महको चाका छोडाउन धुवालगाउने उपकरण धुवादानी हो ।
वडा कार्यलयले गरेको अभिलेखी करण अनुसार वडा नं ६ मा एकसय पैसठी घर मौरी पालनमा लागेको र हालसम्म तालिम नलिएका एकसय पचास परिवारलाइ मौरी पालन संबन्धि तालिम दिने उदेश्यले हिजो र आज वडाको जिर्मले र रम्भ्याङका किसानहरु ,१० र ११ गते कुवापानी र सलकपूर र १२ र १३ गते जौबारी ्र पाटापुरका किसानहरुलाइ तालिम दिइएको थियो ।
वडा कृषि शाखाले जिर्मलेमा मौरी पालन गर्न चाहने किसानहरुको एउटा वडा स्तरको समिति र टोल स्तरमा एघारवटा समुह बनाएर एक मुल समिति निमार्ण गरेर कार्य थालेको कृषि प्राबिधिक मोहन अधिकारीले बताए ।
मौरी पालन र ब्यवस्थापन संबन्धि तालिमको पूर्वाञ्चल श्रोतकेन्द्रका श्रोतब्याक्ति कुमार मोक्तानले सहजीकरण गरि रहनु भएको छ भने मौरी पान गर्दा बिषादीको प्रयोग यसको प्रभाव र नियन्त्रणको बारेमा कृषि प्राबिधिक मोहन अधिकारीले सहजीकरण गरेका थिए ।
आज तालिम समापनको अवसरमा मोरी पालन गर्न गठित वरडाडा मौरीपालन समुह,सुनाखरी मौरीपालन समुह, जोरसिमल मौरीपालन समुह ,साजबोटे मौरीपालन समुह , इन्द्रेणी मौरीपालन समुह ,चुली मौरीपालन समुह,हल्लनेढुÄा मौरीपालन समुह, पौरखी मौरीपालन समुह, सुनौलो मौरीपालन समुह ,समृद्धि मौरीपालन समुह लाइ सोह् हजार दुइसय साठी रुपैयाको सामाग्री चारहजार पैसठी रुपैया मात्र लिएर मौरीपालक समितिका अध्यक्ष दल बहादुर मोक्तानले बितरण गर्नु भएको थियो । तालिम समापनको अवसरमा वडा सपचिव नेत्र पोखरेल ,वडा सदस्य सुमित्रा तामाङ लगायतले तालिममा सिकेको कुरा ब्यबहारमा ल्याएर आम्दामी बढाउन सफल होस भनेर शुभकामना दिनु भएको थियो । जिर्मलेमा बाषिक २५ सय ५८ किलो मह उत्पादन हुने गरेकोमा आगामी तीन बर्षमा दशहजार किलो मह उत्पादन गर्ने महत्वकाक्षी कार्ययोजना रहेको वडा अध्यक्ष सुवास तामाले बताए ।