मासिदै छ धानको खेती ः भोली धान दिवस

गोबिन्द पौडेल

रोङ : कामदारको अभाव, सिन्चाइको असुबिधा र कम आम्दामी हुने भएपछि पछिल्लो समय इलामे किसानहरुको मोह धान खेती प्रति घट्न थालेको छ ।

गाउ घरमा रहेका युवा शक्तिहरु बैदेसिक रोजगारको लागि बिदेसिनुको कारण गाउघरमा कामदारको अभाव भएको हो भने पानीको मुहान सुक्दैजानु र सरकारी सहयोगमा सिञ्चाइको ब्यबस्ता गरिन नसकिदा बर्षे पानीको भरमा निभर रहने गरेका किसानहरुले पछिल्लो समयमा खेत मासेर नगदेबाली अलैची ,अम्लिसो र तरकारी बालीहरु लगाइन थालेकाले धानखेती घट्दै गएको हो ।

कृषि प्रधान मुलुक नेपालमा अधिकासं मानिसहरुको खाध्य स्वभाव चामल नै रहेको तर धान खेती भने मासिदै गएको कारण अधिकासं नागरिकहरु चामलमा परनिर्भर रहदै आउनु परेको छ । भविष्यमा खाध्य संकट आउने बुझेका भएपनि इलामे किसानहरुका लागि धानखेती असहयोगको कारण बोझिलो बनेको किसानहरुको गुनासो रहेको छ ।

हरेक बर्ष ३५ पाथीको बिउ राखेर प्रसस्त धान फलाउने गरेका रोङ ४ प्यूरेका किसान खेमराज काकीले बिगत ३ बर्ष यता खेतमा धान रोपेका छैन कारण २०७० असोज १४ गते आएको बाढीले ठोट्ने खोलाबाट ल्याइएको पैनी बगाएपछि हालसम्म उक्त पैनि बनेकै छैन । रोपाइ को त संभावना रहेन बिकल्पमा अनेक कुरा भए तर पानी नभएपछि सबै खेतमा गत चिया र अलैची लगाएका तर चियाको समेत भबिष्य राम्रो नदेखेपछि गत बर्ष करिव एकलाख २० हजारको सामुहिक लगानीमा पाइप खरिद गरेर अलैची खेती हुरु गरेका बताउछन् । हरेक बर्ष २० पाथी बढीको बिउ राखेर धान रोप्ने गरेका रोङ ६ रम्भ्याङ्ग का गणेश राइल समेत धानखेती छाडेको ४ बर्ष नै भयो उनी मात्र हैन रोङ ६मा रहेको ठूलोखेतमा यसबर्ष एक गाजपनि धान रो्िरप्एको छैन र रोप्नै तैयारी समेत देखिदैन ।

कृषिमा नया प्रबिधि आएपनि गाउघरमा त्यको पहुच नपुगेको ,किसानहरुले उन्नत प्रबिधि, कृष्ािमा सहुलियत नपाएको हालसम्म किसानको बारीमा प्राबिधिकहरुले पाइला नै नटेकेको कारण इलामको अधिकाशं स्थानहरुमा धान खेती मासिदै गरेको पाइन्छ यति सम्मकि मेची राजमार्गमा पर्ने माइबेसीमा समेत धान खेतीगर्ने छाडिएको छ ।

सरकारले असार १५ लाइ बडो तामझामका साथ राष्टिय धान दिवस मनाउने र धानको बारेमा बर्षमा एकदिन बेलीबिस्तार लगाउने सरकारी योजना गरेको छ । इलाममा धान खेती प्रबद्र्धन गर्ने के कस्ता कार्यक्रमहरु रहेका छन् भन्ने बारेमा जिल्ला कृषि कार्यलय इलाममा बुझ्दा जिल्ला स्तरबाट कुनै कार्यक्रम नरहेको भएपनि चुलाचुली र देउमाइ केही दिन पछिको कार्यक्रम रहेको र गाउ पालिका र नगरपालिकाहरुलेनै कार्यक्रम गर्ने जिल्ला कृषि कार्यलय प्रमुख राम सोग्राथ शाहले बताए ।
हाल इलामको १५ हजार नौ सय पन्चानब्बे हेक्टर क्षेफलमा धान खेती गरिने गरेको र४६ हजार मेटिकटन उत्पादन रहि प्रति हेक्टर तीन दशमलव नौ मेटिकटन उत्पादन रहेको जिल्ला कृषि कार्यलय इलामको तथ््याक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार