निजामती सेवाका संरचनाको टुङ्गो लाग्दै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको र अब सरकारले घरेलु मामिलालाई बलियो बनाउने बताउनुभएको छ ।

स्थानीय चन्द्रगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निजामती सेवाका संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो र स्थानान्तरणको काम सरकारले सक्न लागेको जानकारी दिनुभयो । प्रतिपक्षले उठाएका असल कुरालाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार