सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्छ

 मुलुकमा सुशासन र पारदर्शिताका लागि सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्नेमा सहभागी वक्ताले जोड दिइएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रादेशिक मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता र सञ्चारकर्मीबीचको छालफल एवं अन्तक्र्रियामा उहाँहरुले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि र पारदर्शिताका लागि भइरहेका सेवा प्रवाह जनतासमक्ष पुग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोख्रेलले सामाजिक सरोकारका विभिन्न विषयलाई जनतामाझ पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

वन तथा वातावरण, जलवायु परिवर्तन, नदीजन्य वस्तुको दोहनलगायतका विषय अहिलेको प्रमुख समस्याका रुपमा देखिएको उल्लेख गर्दै उहाँले यी क्षेत्रलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलले प्रदेशभित्रका समाचार सम्प्रेषण र पत्रकारका दक्षता अभिवृद्धिका लागि प्रदेश सरकार एवं प्रादेशिक मन्त्रालयको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सूचना अधिकारीहरु सम्बन्धित निकायका गतिविधि एवं सेवा प्रवाहको अवस्थामा जानकार हुनुपर्नेमा जोड दिँदै उनीहरुको व्यवहार सञ्चारकर्मी मैत्री हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेशअन्तर्गत मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता, प्रदेश सरकारका मुख्य महान्याधिवक्ता र प्रदेश प्रमुख कार्यालयका प्रवक्ता तथा सञ्चारकर्मीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार