एक नम्वर प्रदेशलाई नमुना प्रदेश बनाइने– मुख्य मन्त्री राई

इलाम : एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले यस प्रदेशलाई नमुना प्रदेश बनाउने वताउनु भएको छ । इलाममा आजबाट सुरु भएको १ नम्वर प्रदेश स्तरिय युवा महोत्सवलाई सम्वोधनगर्दै उहाँले युवा शक्तीलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्ष भित्रमा समृद्ध प्रदेश वनाउने वताउनु भएको हो ।
विकास निर्माण, पर्यटन प्रवर्दन कृषि र जलविद्युतका क्षेत्रमा यस सरकारले विशेष चासोका रुपमा काम अगाडी बढाइने उहाँको भनाई छ ।
हिमाल देखी तराईसम्म छोएको यस प्रदेशलाई समृद्ध बनाउन प्रत्येक नागरिकको उत्तीकै महत्व रहने उहाँको भनाई थियो । वन्यजन्तु नदीनाला, पर्यटकीय क्षेत्र, व्यापारीक केन्द्र लगायतका महत्वपूर्ण सम्पदाले घेरिएर बसकेको प्रदेलाई सहि सदुपयोग गरि नमुना प्रदेश बनाउने उहाँको उद्घोष थियो ।
एक नम्वर प्रदेशलाई अध्यारो मुक्त वनाउन दशवर्ष भित्रमा ४५ सय मेघावाट विद्युत उत्पादन गर्ने महत्वकांशी योजना यस प्रदेशको रहेको भन्दै उहाँले लगानीका लागि बैदेशिक रोजगारीमा गएकाहरुलाई विशेष प्राथमिकतामा राखिएको उहाँको भनाई छ ।
पर्यटकिय क्षेत्रमा समेत अब्बल रहेको यस प्रदेशलाई समेद्ध बनाउन इलामले समेत महत्वपूर्ण स्थान ओगटेको उहाँको भनाई छ । इलामको सूर्योदय नगरपालिकालाई पर्यटकिय नगरिको रुपमा घोषणा सहित रकम समेत विनियोजन भएको उहाँको भनाई छ ।
जिल्ला युवा समिति इलामको आयोजनामा आजबाट १६ गते सम्म १ नं.प्रदेशस्तरीय युवा महोत्सव सञ्चालन भएको हो ।
युवाहरुलाई उद्यमशिलतामा जागरुक गराउने उदेश्यले महोतसव सञ्चालन गरिएको वताइएको छ ।
महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुुर्याउने जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरले जानकारी दिनुभयो ।
तिन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन आज इलाम सदरमुकाममा महोत्सव उद्घाटन सहित मिनी म्याराथुन र सांस्कृतिक कार्यक्रम भएको छ ।
ठुलो टुँडिखेलबाट बिभिन्न जातजातीका झाँकी सहित चोक वजारमा आएर १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गरेका हुन् । पञ्चैवाजा सहित बिभिन्न जातजातिका झाँकीसहित ¥यालीले इलाम वजार परिक्रमा गरेको थियो ।
यसैगरी दोस्रो दिन युवा कवि सम्मेलन, १ नं प्रदेशस्तरीय युवा सम्मेलन, युवा परिषद र जिल्ला युवा समितिको कार्यालयहरुबीच अनुभव आदान–प्रदान र सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।
महोत्सवको तेस्रो दिन मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवा उद्यमीबीच अनुभव आदान–प्रदान, सांस्कृतिक कार्यक्रम र समापन समारोह हुने आयोजक जिल्ला युवा समितिको कार्यालय इलामले बताएको छ ।

इलाम सदरमुकामस्थित चोक बजारमा महोत्सवका २५ वटा स्टलहरु रहेका थिए । प्रदेश नं. १ का १४ वटै जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी स्टलहरु राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार