इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट

इलाम : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन ।

इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम उपप्रमुख सुशिला नेम्वाङले प्रस्तुत गर्नुभयो ।

विनियोजित बजेटको चालु खर्च तर्फ १४.७८ प्रतिशत, सशर्त अनुदान खर्च ३५.०५ प्रतिशत, सामाजिक सुरक्षा भत्ता ७.५८ प्रतिशत, पूँजीगत खर्च ४२.५९ प्रतिशत रहेको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार