रोङ गाउपालिकाका ेगाँउसभा शुरु

गोबिन्द पौडेल

रोङ : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन ।

इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । ू विकास निर्माणमा सवै एक ठाँउ, रोङको समृद्धी अभियानमा संगसंगै जाँऔू भन्ने मुल नाराका साथ रोङ गाँउपालिकाको चौथो गाँउसभा आजबाट सुरु भएको हो । रोङ गाँउपालिकामा आगामी आर्थिक बर्षमा चालु खर्च २० करोड १३ लाख ९८ हजार ८ सय र पुँजीगत तर्फ ११ करोड ९३ लाख २४ हजार रुपैया गरी ३२ करोड ७२ लाख ९८ हजार बजेट रहेको छ ।

गाँउपालिका उपाध्यक्ष चन्द्रकला राईले अर्थ सम्वन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक, आगामी आर्थिक बर्षको सेवा र कार्यहरुको लागी स्थानिय सन्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन र २०७५÷७६ को निती तथा कार्यक्रम कार्यपालिका बैठकमा प्रस्तुत गर्दै आजको बैठक आगामी असार १५ र १६ गते बस्ने गरी स्थगित भएको छ । गाँउपालिका अध्यक्ष शम्शेर राईको सभापतित्वमा गाँउसभा सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार