धनसरीले तरकारी बेच्न थालेपछि किसानलाइ फाइदा

गोबिन्द पौडेल 

रोङ  : रोङ ६ मा रहेको धनसरी कृषि सहकारीले किसानले उत्पादन गरेको तरकारी सामुहिक रुपमा आफै बजारमा लैजान थालेपछि किसानलाइ फाइदा भएको छ ।

गत बर्षहरुमा किसानले उत्पादन गरेको तरकारी ब्यपारीहरुले खरिद  गरेर झापाका बजारमा लैजादा तरकारीको मुल्य ब्यपारीहरुको तजबिचमा निर्धारण हुने गरेकोमा यस बर्ष किसानले उत्पादन गरेको तरकारी आफै बजार सम्म लैजाने र खर्च कटाएर बितरण गरिने भएपछि बजारको मुल्य थाहा हुने भएकोले ब्यपारीहरुले पनि महंगो मुल्यमानै तरकारी खरिद गरेको र किसानले पनि प्रचलित बजारकै मुल्य पाएका छन् ।

सहकारीले यहा उत्पादन गरेको काक्राको चार रुपैया तेतीस पैसा भाडा एकरुपैया संकलक खर्च बोरा सुत्लि र निकासी कर बाफत गरि हुनआउने खर्च सातरुपैया बिक्री भएको मुल्यमा घटाएर किसानले पाउदा किसानले उचित मानेका छन् तर समुहले ढुवानीबाफत नै प्रति बोरा ३० बटाको एकसय तीस रुपैया तिनुपर्ने र गाडी हुनेहरुले सस्तोमा बोक्दापनि फाइदानै हुने भएपछि समुह भन्दा पनि महंगोमा किन्ने गरेपछि सहकारीलाइ असहज भएपनि किसानहरुलाइ भने फाइदानै भएको लेखा समितिका सदस्य श्याम आचार्यले बताए ।

गत बर्ष उत्पादनको यो मुख्य सिजनमा १५ मान बेचेका काक्रा यसबर्ष २३ रुपैया किसानले घरमानै पाएको ससकारीका सचिव संजिब गुरुङले बताए । यता सरकारले शहरी रुटमा गाडीको भाडादर कायम गरेको भएपनि ग्रामिण रुटहरुमा बेवास्ता गर्दा किसानहरुलाइ मार पर्ने गरेको छ । कहाको भाडादर कति र कस्तो सडकको भाडादर कति भन्न बारेमा स्पष्ट भए किसानहरुलाइ राहत मिल्ने सहकारीका अध्यक्ष इन्द्र प्रधानले बताए ।

मौसमी बालीमा भर परेका किसानहरु सहकारीले तरकारी बेच्न थालेपछि बेमौसमी उत्पादनमा जुट्न थालेका छन् । कृषि प्राबिधिक र जानकारहरुसग परामर्समा जुटेका किसानहरुलाइ आफू सकेको सहयोग गर्न तयार रहेको रोङ कृषि शाखाका प्रमुख नगेन्द्र तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार