मौरीपालक किसानलाइ तालिम

गोबिन्द पौडेल

रोङ : रोङ ६ को जिर्मलेमा दुइदिने मौरी पालन र ब्यवस्थापन संबन्धि तालिम चलिरहेको छ ।

गरिव सग बिश्वेश्वरू ६ न्ां वडा कार्यलयको साझेदारीमा गरिदै आएको तालिममा हाल मौरप् पालन गरिरहेको र मौरी पालन गर्न रुचाउने किसानहरुको लागि तालिमको आयोजना गरिएको हो ।

वडा कार्यलयले गरेको अभिलेखी करण अनुसार वडा नं ६ मा एकसय पैसठी घर मौरी पालनमा लागेको र हालसम्म तालिम नलिएका एकसय पचास परिवारलाइ मौरी पालन संबन्धि तालिम दिने उदेश्यले हिजो र आज वडाको जिर्मले र रम्भ्याङका किसानहरु ,१० र ११ गते कुवापानी र सलकपूर र १२ र १३ गते जौबारी ्र पाटापुरका किसानहरुलाइ तालिम दिइने कार्ययोजना रहेको छ ।

यस अघिनै वडा कृषि शाखाले जिर्मलेमा मौरी पालन गर्न चाहने किसानहरुको टोल स्तरमा एघारवटा समुह बनाएर एक मुल समिति निमार्ण गरेर कार्य थालेको कृषि प्राबिधिक मोहन अधिकारीले बताए ।
मौरी पालन र ब्यवस्थापन संबन्धि तालिमको पूर्वाञ्चल श्रोतकेन्द्रका श्रोतब्याक्ति कुमार मोक्तानले सहजीकरण गरि रहनु भएको छ भने मौरी पान गर्दा बिषादीको प्रयोग यसको प्रभाव र नियन्त्रणको बारेमा कृषि प्राबिधिक मोहन अधिकारीले सहजीकरण गरिरहनु भएको छ ।

यसैबिच मौरी पालक किसानहरुको हरेक समुहलाइ पच्चिस प्रसित अनुदानमा एकथान महदानी, घुम्टी र धुवादानी बितरण गरने छ । महमा लोकप्रिय रहेको जिर्मलेमा बाषिक २५ सय ५८ किलो मह उत्पादन हुने गरेकोमा आगामी तीन बर्षमा दशहजार किलो मह उत्पादन गर्ने महत्वकाक्षी कार्ययोजना रहेको वडा सदस्य केशर प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार