कुटीडाडामा निशुल्क कम्प्युटर तालिम

गोबिन्द पौडेल

रोङ : रोङ ३ को कुटिडाडामा रहेको शान्ति निकेकतन माध्यामिक बिद्यालयमा निशुल्क कम्प्युटर तालिम संचालन भइरहेको छ ।

रोङ वडा नं ३ को चालु बर्ष २०७४्\ २०७५ मा  एकलाख पैतिसहजार को आर्थिक सहयोगमा शान्ति निकेतन माध्यामिक बिद्यालयसगको सहकार्यमा गत बर्ष एस इ. इ परिक्षामा सामेल भएर खाली समय रहेका बिद्यार्थीहरुको क्षमता र शिप बिकास गर्ने उदेश्यको साथमा भएको तालिममा रोङ ३ का चालिस जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको रोङ ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।

यता बिद्यालयको कार्यक्रम मा जोडिएको कम्प्युटर प्रयोग गरेर आफ्नै बिद्यालयको बालबालिकाहरुलाइ दक्ष र सिपयुक्त बनाउन बिद्यालयकै १८ वटा डेक्सटप र ल्यापटपको प्रयोग गरेर  बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म हरेक समुहमा २ घण्टाको दरले प्रशिक्षणको ब्यवस्था गरिएको बिद्यालयका प्रधानाध्यापक हिमेश्वर यादवले बताए ।

सामान्य तय बिजुलि नभएको बेलामा पनि इन्भटर र सोलारको उपयोगबाट बिद्यार्थीहरुलाइ सिकाइने योजनानुसार प्रशिक्षण भइरहेको तालिममा हिमाल राइ र गणेश बिश्वमाले प्रशिक्षण गराइ रहेका छन् । पैतालिस दिनमा बेसिक कोर्ष पूरा गराउने गरि गत जेठ ३० बाट संचान भइरहेको तालिममा प्रशिक्षर्थीहरुको उत्साहप्रद सहभागिता रहने गरेको प्रशिक्षक हिमाल राइले बताए ।

यता बिद्यालयमा अध्ययनगरेका वालकालिकाहरुलाइ बिद्यालयमानै थप दक्ष बनाउन वडाले यस्ता कार्यक्रमहरुको निरन्तरमा दिएमा बिद्यालयले हर प्रकारको सहयोग गर्ने शिक्षक युवराज आर्चाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार