इच्छा बिपरित समितीमा सिफारिस गरेको भन्दै प्रेस बिज्ञप्ति जारी

इलाम : ने बि संघ जिल्ला समितीको सहसचिवमा अस्मिता एक्तेनलाइ इच्छा बिपरित सिफारिस गरेको भन्दै आज  प्रेस बिज्ञप्ति निकालिएको   छ ।

म.र.ब क्याम्पस इलाममा २०७५ असार ५ गते नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको पुनर्गठनको नाममा ने बि संघका केही ब्यक्तिहरुले जबरजस्त ढंगबाट जिल्ला समितीको सहसचिवमा अस्मिता एक्तेनलाइ इच्छा बिपरित सिफारिस गरिएको  आज निकालिएको अस्मिता एक्तेनले  हस्ताक्षर गरेको  प्रेस बिज्ञप्ति मा उल्लेख गरिएको  छ ।

क्याम्पसमा कार्यक्रम भनि बोलाएर हस्ताक्षर गराइ भरे पुनर्गठन गरिएको भनि सहसचिवमा राखिएको एक्तेनले बताइन ।पुनर्गठन समितिमा अध्यक्ष विश्व बन्धु राइ,उपाध्यक्ष प्रज्वल भट्रराई ,सचिव लोकेश अधिकारी र सहसचिवमा अस्मिता एक्तेनलाइ चयन गरिएको थियो ।

अगाडिको समितीले काम गरिरहेको अवस्थामा पुरानो समितिलाइ बर्खास्त गरि नयाँ समिती बनेको  यो कार्य बिधान  बिपरित भएको र यस बिषयमा गम्म्बिर ध्यानाकर्षंण  समेत भएको  ने बि संघ इलामका उपाध्यक्ष टिकाराम पुरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार