बिनु खड्का
इलाम : इलाम नगरपालिका ७ का एक दम्पतिले आफ्नै घरको छतमा बिभिन्न सागसब्जि फलाएर बजारमा बिक्रि गरि मासिक २० हजारभन्दा बढि आम्दानी गरी आफ्नो घर खर्च टार्दै आएका छन् ।
१९ वर्ष नेपाली सेनामा कार्यरत भइ २०४९ सालमा पेन्सन पकाएर फेरि १९ वर्ष नै साउदि अरबमा बिताएर २०७४ सालमा इलाम आएका ६४ वर्षका तारामान गुरुङ र उनको श्रीमति ५३ वर्षकी बिन्दामाया गुरुङले आफ्नो घरको छतमा बिभिन्न सागसब्जि फलाएको देख्दा मेहनतगर्दा नेपालमै सबै थोक हुन्छ भन्ने पुस्टि हुन्छ ।
गुरुङका दुइ छोरा र एक छोरी छन छोराहरु अलग्गै बसेपछि हाल गुरुङका श्रीमान श्रीमति मात्र रहेका छन् ।कृषि बाट बिउबिजन ल्याइ रोपेका र उन्नत जातको पिँडालु र साग पोखराबाट ल्याएर रोपेको बिरुवाले मनग्गै आम्दानी दिन थालेपछि गुरुङ दम्पति खुसि छन्।
केहि कुरा पनि मेहनत गर्यो भने मात्र पाउन सकिने बिन्दामायाको भनाइ छ । कतिपय सागसब्जि फलाउने तरीका यूटुभ बाट सिक्ने र कतिपय तरिका आफै गर्ने बताएका छन सानो घरको छतमा सागसब्जि फलाएर आम्दानी लिइरहेका गुरुङ दम्पतिबाट मेहनत गर्दा नहुने केहि छैन सागसब्जि फलाउन बारीनै चाहिन्छ भन्ने पाठ सिक्न सकिन्छ ।