दुई हजार रोपनी बाँझो जग्गामा अर्गेली रोपण

पाँचथरको हिमाली क्षेत्रमा खाली रहेको जग्गामा अर्गेली खेती सुरु गरिएको छ । पाँचथर याङवरक–३ ओयामका युवा उद्यमी चन्द्रप्रसाद सेलिङको सक्रियतामा अर्गेली खेती सुरु गरिएको हो ।

शुक्रवार आयोजित एक कार्यक्रममा याङवरक–५ थर्पूमा २ हजार रोपनी भन्दा वढी जमिनमा अर्गेली रोपणको सुरु गरिएको छ । स्थानीयहरुले आगामी ३० वर्षको लागि सेलिङले सञ्चालन गरेको कुम्भकर्ण एग्रिकल्चर ग्रुप प्रा.लि.लाई जग्गा हस्तान्तरण गर्ने प्रतिवद्धतापछि सो क्षेत्रमा अर्गेली रोपणको थालनी गरिएको हो ।

प्रा.लि.ले यस वर्षवाट याङवरक गाउँपालिकाका विभिन्न स्थानहरुमा अर्गेलीको खेती सुरु गर्ने जनाएको छ । बाँझो जमिनहरु भएका जग्गा धनिहरुसँग सम्झौता गर्नुका साथै खाली जग्गाहरुको विवरण सङ्कलन भइरहेको सेलिङले वताए ।

शुक्रवार भएको भेलाले स्थानीय नरध्वोज काम्वाङ, थुमनाथ काम्वाङ, वलवहादुर काम्वाङ, दलवहादुर काम्वाङ, रामवहादुर काम्वाङ, नरधोज काम्वाङ, रणवहादुर काम्वाङ, सञ्चकुमार काम्वाङ, कपिलमुनि न्यौपाने, पूर्णकुमार काम्वाङ लगायत दर्जनौ जग्गाधनीहरुले अर्गेली खेतीको लागि जग्गा दिने निर्णय गरेका छन् । प्रा.लि.ले कृषि क्षेत्रमा परिवर्तन गरि दीगो कृषिको माद्यमवाट समृद्धिको आधार खोजी गर्ने भन्दै पाँचथरमा कृषि अभियान संचालनको लक्ष लिएको छ ।

युवाहरुलाई आफ्नै देशमा रोजगारीको अवसर सृजना गरि अर्थतन्त्रमा दीर्घकालीन सुधार गर्नु मुख्य आवश्यकता भएको निश्कर्षका साथ प्रा.लि.ले कृषि क्षेत्रमा जागरण ल्याई व्यवसायिक कृषि प्रवद्धृनमा जोड दिएको छ । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र तर्फ मुलुकलाई रुपान्तरण गरेमा मात्र राज्यले लिएको समृद्धिको लक्ष्य पूरा हुने भएकाले युवाहरु त्यसतर्फ लाग्नुपर्नेमा कार्यक्रमले जोड दिएको छ । अन्न, तरकारी तथा फलफूल विश्व बजरको आवश्यकतामा आधारित उत्पादन गरेर विदेशी मुद्रा आर्जनको बाटो तय गर्नेतर्फ खर्गेली खेतीले पनि जोड दिने सेलिङ वताउँछन् ।

विश्व वजारमा राम्रो माग भएको लोक्ता र अर्गेलीको कच्चा पदार्थलाई वजारिकरण गरी त्यस क्षेत्रका वासिन्दाहरुको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले अर्गेली रोपण सुरु गरिएको र यस अभियानलाई जिल्लाका अन्य स्थानमा विस्तार गर्ने लक्ष्य रहेको सेलिङको भनाई छ । खेर गएका वाँझो जमिनलाई सही सदुपयोग गरेर अर्गेली सहित सतुवा, चिया जस्ता उच्च नगदेवालीहरुको विकल्प खोज्ने उनको भनाई छ ।

भारत सहित आधा दर्जन देशमा रोजगारी समेत गरिसकेका सेलिङ विदेशमा सिकेको दुःख र अनुभवलाई स्वदेशमै लगानी गर्ने ध्याउन्नका साथ लागेका छन् सेलिङ । उनले देशकै भविश्य कृषि क्षेत्रमा रहेको देख्छन् । काठमाण्डाँैमा ३० लाखको लगानीमा सुरु गरेको उनको गाई फर्मसँगै तरकारी फर्मले मात्र चित्त नवुझाएका सेलिङ अहिले उनी आफ्नै जिल्लामा कृषिको दीगो र भरपर्दो रुपान्तरणका लागि काम गर्ने लक्ष्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार