गोबिन्द पौडेल
रोङ : किसानले उत्पादन गरेको कृषिउपजको उचित मुल्य नपाएको गुनासो आइरहदा रोङ ६ को रम्भ्याÄमा सामुहिक रुपमा कृषि उपजको बिक्री गर्ने थालिएको छ ।
बिगत केही बर्षदेखिनै मौसमी तरकारीमा लागेका किसानहरुले उतपादिन गरेको तरकारी ब्यपारीहरुले संकलन गरेर झापाको बजारहरुमा लगेर बेच्ने गरेकोमा यस बर्ष देखी भने किसानहरुले सहकार्य गरेर आफै बजार पुर्याउन थालेका हुन् ।
गाउमा उत्पादित तरकारी किसानहरुकै समुहले संकलन गर्ने र गाडी खोजेर बजारमा लगेर बेच्ने अनि लागेको खर्च कटाएर समुहले कुनै नाफा नलिइ किसानलाइ भुक्तानी गर्ने गरेको समुहका सचिव राजिव गुरुÄले बताए । यसोगर्दा गाउमा जस्ले जे उत्पादन गरेको छ जुनसुकै परिमाणमा भएपनि बजारमा लगेर बेच्न सकिने ,थोरै तरकारी बेच्न कम खर्च लाग्ने र किसानहरुमा तरकारी खेतीमा प्रेरणा हुने साथै बजारमा प्रचलित मुल्य पनि पाइने गरेको किसान तथा लेखा संयोजक गागा चाम्लिÄले बताए ।
प्रसस्त संभावना रहेर पनि बजारको समस्या भएकै कारण किसानले बेमौसमी तरकारी खेतीमा मन नगरेको अवस्थामा गाउँमा सहकारीकरणको सिद्धान्तकै आधारमा तरकारी बिक्रि गरिन थालेपछि किसानहरुमा पनि प्रेरणा जागेको छ धेर थोर सबैले उत्पादन गरेको कृषि उपज बेच्न सहज हुने हो भने बजारमा अभाव हुने तरकारी गाउमा फाल्नुपर्ने अवस्था आउदैन यसबाट पनि आर्थिक समृद्धि संभव छ त्यसैले पनि हरेक गाउमा सहकारीको आवश्यक्ता र महत्व बढ्दै गएको ६ बडा सदस्य केशर प्रधानले बताए ।
गाउमा सहकारी नभएको कारण अहिले पनि किसानले उत्पादन गरेको दुग्ध प्रतिलिटर तीस रुपैयामा बेचि रहेका छन् त्यसकारण पनि किसानहरुको जीवनस्तर उकास्न र गाउमा आर्थिक उन्नतीको लागि कृषि सहकारी गठनको प्रकृयामा रहेको र यसै सहकारीको आधारमा अहिलेलाइ तरकारी बेच्न थालिएको समुहका अध्यक्ष इनद्र प्रधानले बताए । अहिले हामीले किसानहरुसगको सललाहअनुसार तरकारी संकलन र ढुवानी गराइ झापाका बजारमा लगेर बेच्ने गरेको र लागेको खर्चमात्र कटाइ लेखा समितिकै रोहबरमा हिसाव किताव राखेर किसानलाइ बितरण गरिने गरेको र हरेक बिसानले बेचेको मुल्यको बिलसमेत कुनैपनि बेला हेर्न चाहेमा देखाइदिने गरेको बताए ।
अत्याधिक काक्रा खेती हुने यस गाउमा स्कुसको मुन्टा र बिहिको अतिरिक्त अति थोरै परिमाणमा गाजर , सिस्नु , दुङ्दुÄे , रुख टमाटर ,केरा लगायतका तरकारीबजारीकरण गरिन थालिएको छ । सरकारले पनि आर्थिक समृद्धिकोल एउटा आधार सहकारीलाइ ठानेको र मानेको बेला दुर्गम गाउका किसानहरुलाइ थप प्रेरणा दिन थाल्ने मात्र हो भने बढ्दो बेरोजगारी र युवाहरुको बिदेश आशा गर्न पलायन रोक्न कोषे ढुÄा बन्ने आशा सकने निश्चित छ ।