रोङमा एकीकृत सम्पत्तीकर सम्बन्धी ३ दिने तालिम सम्पन्न

इलाम : रोङ गाउपालिकामा मा एकीकृत सम्पत्तीकर सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति इलामको सहयोगमा सम्पन्न तालिममा गाउपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु गरी २२ जनाको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका सदस्य रत्नबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी झरेन्द्र चापागाई, गाउपालिकाका अध्यक्ष सम्सेर राई लगायतले तालिमको महत्व र आवस्यकता सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

तालिमलाई कोपीला पोख्रेल र दिनेश पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार