इलाम ३१ जेष्ठ ः इलाम नगरकार्यपालिकाको कार्यलय इलामले विहीवार विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको छ ।
बैठकले इलाम नगरपालिका भित्रका धार्मिक, सास्कृतिक सम्पदाहरुको विकास र संरक्षण गर्ने भएको छ । संरक्षणका लागि समिती बनाएर काम गर्ने साथै समितीको अध्यक्ष वा उपाध्यक्षमा अनिवार्य महिला हुनुपर्ने प्रावधान छ ।
बजारमा घरको भान्साकोठा र वाथरुमको पानि नालिमा लैजानेहँुदा सडक भत्कीएर संरचना विग्रिएको हुदाँ त्यस्तो काम तत्काल रोक्ने निणय गरेको छ । यदि सडक विगारेको भेटिएमा पहिलो पटक पाँचहजार, दोस्रो पटक दश हजार र तेस्रो पटक सार्वजनिक अपराध ऐन अनुसारको सार्वजनिक मुद्ध लगाएर कार्वाही गर्ने निर्णय गरेको छ ।
वडा नं ६ र ७ को वडा कार्यलय सार्ने भएको छ । वडा नं. ६ को कार्यलय नारायणथानमा रहेको मारवाडी भवनमा सार्ने र वडा नं. ७ को उपयुक्त ठाउँ खोजेर सार्ने लगाएतका निर्णय गरेको छ । नगरपालिकाको तेस्रो नगर सभा असार सात गते एक वजेवाट सुरु हुने विहीवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।



















































