भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते समते भएका छन् । भक्तपुरको सल्लाघारीमा भएको मोटरसाईकल दुर्घटनाम गुल्मीका १८ वर्षका किरण श्रेष्ठको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार बा ५५ प २५२७ नम्बरको मोटरसाईकल आज बिहान साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २१ वर्षीय शुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
सानो ठिमीबाट सल्लाघारीका लागि छुटेको मोटरसाईकलका चालकले रक्सी खाएकाले अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।















































