नयाँ बुलन्दमा समाचार प्रकाशन भएपछि अनाथ दाजुभाइको राहसलले संरक्षण गर्ने

गोबिन्द पौडेल

इलाम : रोङ ६ रम्भ्याङमा बस्दै आएका अनाथ तिन दाजुभाइ मध्ये दुइजनालाइ राहसल अनाथलय इलामले सरक्षण गर्ने भएको छ ।

अनाथ बादबालिकाहरुको बारेमा नयाँ बुलन्द र रेडियो बुद्ध बाणीमा पटक पटक समाचार प्रकाशन र प्रसारण भएपछि इलाम नगरपालिका बडा नं ९ गोलाखर्कमा रहेको राहसल अनाथालयले आज रोङ गाउपालिकाबाटनै संरक्षण गर्ने प्रतिबद्यता सहित कक्षा ५ मा अध्ययनरत प्रसन र प्रमोस राइलाइ रोङ गाउपालिकाको उपाध्यक्ष चन्द्रकला राइ , वडा नं ६ का अध्ययक्ष मनिकुमार स्याङ्वो वडा नं ५ का अध्ययक्ष युवराज खाप्तुवा राइ , कार्यपालिका सदस्य बिमता तामाङ, संचारकमीहरुको रोहवरमा राहसल अनाथालयको सदस्य कबिन्द्र राइ र कर्मचारी नविन ओलीले बुझैका थिए ।

दाजु प्रबिणको लागि महिला बालबालिका कार्यलय इलामले यस अघि सहयोग गरेको थियो कक्षा ८ मा गाउकै श्री सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत प्रबिन र भाइहरुको बारेमा संचार माध्याममा समाचार प्रकासित भएपछि महिला तथा बालबालिका कार्यलयले दुइजोर स्कुल डेस , छाता, जुत्ता , स्बेटर , ब्याग, पाच दर्जन कापी , डटपेन , अन्य स्टेसनरी लगायत करिब १२ हजार बराबरको सामाग्री सहयोग गरेको हो ।

आखाको रोगी समेत रहेका प्रबिनको लागि स्वास्थ्य चौकी फिक्कल आखा उपचार केन्द्रले निशुल्क चस्मा पनि दिएको छ ।
दुइ बर्ष अघि बाबु टिका बहादुर राइको भिरबाट लडेर मुत्यु भएको थियो भने आमा भिम कुमारी राइले करिब बर्षदिन अघि आत्माहत्या गरेका उनिहरु अनाथ बनेका थिए । यसैबिच गाउमा रहेको अनाथ बालबालिकाको संरक्षणको सम्बन्धमा पटक पटक समाचार लेखेर र संरक्षणको पहलमा चासो राखेर सहयोग गरेकोमा संचारकमी गोबिन्द पौडेलप्रति आफुहरु आभारी बनेको गाउपालिकाको उपाध्यक्ष चन्द्रकला राइले बताए ।

आफुहरुले त्यति धेरै सहयोग गर्ने कार्यक्रम नभएको भएपनि बच्चाको पढाइमा कुनै कमि नहोस र भबिष्यमा केही गरेर देदाउने प्रेरणा नै होस भनेर सहयोग गरेको महिला बालबालिका कार्यलय इलामका प्रमुख राजकुमारी राइले बताए ।
आठ बर्ष अघिदेखी इलाममा दानबिरहरुकै सहयोगमा संचालित राहसल अनाथालयमा हाल पन्ध्र जना अनाथ र असाहय बालबालिकाहरु रहेको राहसलका अध्यक्ष राजेन्द्र चौहानले बताए । खास ठूला दाताहरु नभएको भएतापनि अहिले सम्म रहेका बालबालिकाहरुको संरक्षण र शिक्षा दिक्षामा कुनै कमि हुन नदिएको र नदिने प्रतिबद्धता रहेको अध्यक्ष चौहानको भनाइ रहेको छ ।

आफुहरुले अनाथगालय संिचालन गर्न रोङको पबित्र धामिक स्थल पाथीभराबाट पनि सहयोग लिने गरेकोले रोङ प्रति ऋणी रहेको र यस्तै कार्यको लागि सबैसग सहयोगको अपेक्षा रहेको कर्मचारी नविन ओलीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार