काठमाडौँ : नेपाल टेलिभिजन सरकार मातहत चल्छ । त्यसैले सरकारको गुनगान गाउँदा स्वाभाविक लाग्छ । तर सरकारकै आलोचना भयो भने चाँही आश्चर्य मान्नु पर्छ ।
एनटिभिमा प्रशारित एउटा अन्तरवार्तामा वर्तमान सरकारका संचार मन्त्री गोकुल बास्कोटालाई प्रश्नकर्ताले अलि कडै प्रश्न सोधे पछि हंगामा भएको छ । यतिसम्म कि त्यो कार्यक्रम नै बन्द गर्न मन्त्री बास्कोटाले निर्देशन दिएका छन् ।
मन्त्री बास्कोटाको निरंकुश शैली भन्दै आलोचना गर्ने एकथरी छन् भने कतिपयले प्रश्नकर्ता नै टेँढिएर राजनीतिक पूर्वाग्रह साँधेर मन्त्रीलाई पेल्ने उद्देश्यले प्रस्तुत भएको प्रतिकृया दिएका छन् ।
मन्त्री र पत्रकारबीचको संवाद साँच्चिकै कडा छ । सोध्ने र उत्तर दिने क्रममा बीचबीचमा आक्रोश छचल्किएको छ । यो भिडियोमा संवादका हाइलाइटहरू प्रस्तुत छ ।