इलाम ः लघुबित्तले गाउँगाउँमा बिक्रिति निम्त्याएको भन्दै यस सँग सम्वन्धित निति नै परिवर्तन गर्न आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्धारा आयोजित ‘बित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वत्ताले यस्तो वताएका हुन् ।
गाउँगाउँमा समूह बनाएर बिना धितो ऋण प्रभाह गर्नु यसको सकारात्कम पाटो भएपनि दिएको ऋण उठाउने क्रममा आउने समस्याले विक्रिति समेत निम्त्याएको सहभागीहरुको भनाई छ । विना धितो ऋण पाएपछि जति पनि लिने, जुन उदेश्यमा रकम लिएको छ अन्य स्थानमा नै खर्च गर्ने भएकाले पनि समस्या उत्पन्न भएको हो ।
कुनै ब्यवसाय सञ्चालनका लागि ऋण आवश्यक भएपनि वढिजसो यसले समाजमा नकारात्मक असर पारेको नेपालद आदिवासी जनजाती महासंघ इलामका अध्यक्ष अभिषेक एक्तेनले वताए । उनले यस्ता कार्य नियन्त्रण गरिनु पर्ने धारणा समेत ब्यक्त गरे । जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरले पहिला गाउँगाउँमा पुगेर विक्तय साक्षरता वनाउन आवश्यक रहेको वताए । लघुबित्त मार्फत दिइने ऋण एक ब्यक्ति–एक समूह बनाएर कार्यन्वय गर्न सके समस्या केहि सम्म समाधान हुने उनको भनाई थियो । राष्ट्र बैंकले दिएको सिमाभन्दा पनि माथी रहेर ऋण लगानी गर्ने गरेको गुनाशो समेत सहभागीले गरेका थिए ।
पछिल्लो समय लघुबित्त च्याउ जस्तै उम्रीएकाले पनि समस्या निम्त्याएको वताइएको छ । एक पटक धेरैवटा लघुबित्त माफृत ऋण लिइँदा तिर्न समस्या हुने भएकाले मान्छेले आत्माहत्या समेत गरेको वताइएको छ । आफु रहेको ठाउँ भन्दा अन्यन्त्रै स्थानान्तरण हुनु, बैदेशिक रोजगारी तर्फ लाग्नु र पनि नभए अन्तिम विकल्पका रुपमा आत्माहत्या रोज्ने गरेको उदाहारण समेत रहेको सहकारीकर्मी टीका घिमिरेले वताइन् । उनले यस्ता कार्यलाई रोक्न स्थानिय तहको समेत ठुलो हात रहेको वताइन् ।
कार्यक्रममा सरकारी वकिल कार्यालयका ऋद्धिनाथ निरौलाले कानुन सम्वद नै अघि वढ्नुपर्नेमा जोड दिए ।
गाउँगाउँका आर्थिक द्धन्द रहेकाले यसलाई नियन्त्रण गर्न पहल गरिनु पर्ने जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश वरालले वताए । जुन उदेश्यमा ऋण लिएको छ त्यस उदेश्यमा रकम खर्च भएको छ या छैन भनेर अनुगमन गर्न समेत आवश्यक रहेको वताए । धितो लिएर भएपनि यसलाई नियन्त्रण गर्न उनको सुझाव थियो । लघुबित्तले समस्या बनाएको भए सहकारीलाई प्रोत्साहन गर्न पहल गरिने समेत उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका अर्जुन ढुङ्गाना, स्वाबलम्बन लघुबित्तका तर्फबाट मणीराम चेम्जोङ र सुर्यबहादुर राई तथा सहारा नेपालका तर्फबाट सीताराम कोइराला समेत उपस्थित थिए । उनीहरुले आफुहरु समेत सरकारी मान्यता प्राप्त संस्थाबाट आधिकारिक दर्ता गरेर अघि बढेको वताएका थिए । जिल्लामा आठ देखी ११ प्रतिशतमा ऋण लिने र १२–१८ प्रतिशतमा लगानी गर्ने गरेको वताएका थिए । कम्पनी र ऋण अनुसार ब्याजदर फरक पर्ने गरेको वताइएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्था, राजनैतिक दलका प्रतिनिधि, बित्तय कारोवार गर्ने संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
सुन्दर शान्त नेपाल संस्थाले जिल्लाका सामाजिक र जल्दोवल्दो विषयमा छलफल गराउने गरेको इलाम–पाँचथर संयोजक शान्ति राईले वताइन् । यस अघि भाडादर र ट्राफिक ब्यवस्थापनका विषयमा जिल्लामा छलफल भएको इलामका जिल्ला सहजकर्ता प्रकाश परियारले वताए ।















































