यो दशैमा काठमाडौका धारामा पानी होइन धारा खोल्दा हावा आउने पक्का

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौ तानाअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभर बाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ । आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होईन उसको दावीअनुसार क्षतिपुर्ति दिने तयारी पनि गरेको छ ।

भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी ९सीएमसी० ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।

सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उच्च स्रोतको दाबी छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार