बिरोधमा उत्रिदा रचनात्मक बन्नुपर्नेमा बिद्यार्थी नेताहरुको जोड

काठमाडौ : बदलिदो राजनैतिक अवस्थामा बिद्यार्थीहरुको भूमिका रचनात्मक हुनु पर्नेमा बिद्यार्थी नेताहरुले जोड दिएका छन्। नेपाल बिद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिले थापाथली क्यापसमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले विरोधका कार्यक्रमहरुला२ रचनात्मक बनाउन जोड दिए ।

पेट्रोलियम पदार्थ लगायत बिभिन्न बस्तुहरुमा बढेको महंगीले बिद्यार्थी लगायत सबैको ढाड सेकेकोले आन्दोलनमा उत्रिनुपरेको नेपाल बिद्यार्थी संघका उपाध्यक्ष नविन राइले बताए । नेपाल बिद्यार्थी संघले बिद्यार्थी केन्द्रीत भएर कार्यक्रम ल्याउने उनले बताए।

बिद्यार्थीहरुले बिरोध लगायतका कार्यक्रम गर्दा रचनात्मक हुन सुझाव दिदै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले विरोधलाई अराजक भन्दा पनि राजनैतिक चरित्र देखाउन आग्रह गरे।

नेपाल बिद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिका अध्यक्ष यादवराज दुलालको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल बिद्यार्थी संघ नेता दिपक भट्टराई लगायत नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्यहरु नवराज त्रिपाठी, सुनिता पोख्रेल, आरसी भट्टराई, उज्वलराज घिमिरे, भोला नेपाल, कल्पना खड्का लगायतले राजनीतिमा लागेका बिद्यार्थीहरुले बिदयार्थीको समस्यामा सकारात्मक भूमिका खेल्न सके नयाँ बिद्यार्थीलाई आकर्षण गर्न सकिने बताए ।

कार्यक्रममा इलामेली बिद्यार्थी मञ्चका अध्यक्ष दोर्णचार्य दुलाल, प्राबिधिक बिद्यार्थी परिसदका अध्यक्ष सिजन दाहाल, पूर्वाञ्चल बिश्वबिद्यालय अध्यक्ष लोकेन्द्र भण्डारी, सिटीभिटीका अध्यक्ष महेन्द्र शाही समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भित्रेपात्रोको लोकार्पण समेत गरिएको थियो । सो कार्यक्रममा इलामबाट काठमाडौमा आएर पढ्दै गरेका बिद्यार्थीहरु सहभागि भएका थिए ।

Image may contain: one or more people and indoor

Image may contain: 9 people, people sitting and indoor

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार