शैक्षिक गुणस्तरका लागि कार्यशाला

इलाम  ः इलामको देउमाई नगरपालिका वडा नम्वर दुईमा दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले दुई नम्वर वडा कार्यालयको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
वडा भित्र रहेका बिद्यालयका प्रधानाध्यापक, शिक्षक÷शिक्षिका बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायत गरि ४२ जनाको सहभागिता रहेको सचिव सुरेश दाहालले जानकारी दिए । गोष्ठीलाई देउमाई नगरपालिकाका श्रोत ब्यक्ति रुपेन्द्र न्यौपाने, ज्ञानु बराल र खान्द्रुङ माविका प्रधानाध्यापक काजीमान लिम्बूले सहजीकरण गरेका थिए ।
सहभागीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नमा प्रतिवद्धता जनाएका थिए । वडालाई समृद्ध बनाउन पहल भइरहेको वडाअध्यक्ष दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार