गोबिन्द पौडेल
इलाम : मासिदै गएको अकबरेलाइ संरक्षण गर्न घरको पेटीमा रोप्दा घरको सुन्दरतासगै आम्दामी पनि जोडिएको छ ।
सुन्दा सामान्य लागेपनि रोङ ६ सलकपुरका युवा देवराज खनालको घरको पेटीमा रोपीएको अकबरे खुर्सानीले जति सुन्दरता दिएको छ आम्दामीको श्रोत पनि बनेको छ । खनालले घरको पेटी बरिपरि करिव चालिसबटा बोरामा माटो भरेर रोपेको अकबरे हेर्न गाउका मानिसहरु आउन थालेका छन् ।
हुन त शहर बजारमा कौशी गरने तरकारी खेती नौलो बिषय हैन तर ग्रमिण क्षेत्रहरु जहा करेसाबारी र घुर्नामा तरकारी रोपिन्छ पेटीमानै उतपादन गर्ने कुराभने नया हो ।खनालले रोपेको सो खुसानीबाट प्रतिबोट डेढ किलोमात्र फल्ने हो भनेपनि साठी किलो उत्पादन हुने निश्चित रहेको छ ।
किन गर्नु भयो त पेटीमा खुसानी खेती भन्ने नयाँ बुलन्दकर्मिको प्रश्नमा खनाल भन्छन् ः एक त बारीमा रोपेमा मर्ने संभावना बढी छ , अको पेटीमा खुसानी रोपेमा दिन माया मारेर काम गर्न पदैन , चिया खादै र आएका साथीभाइसग गफगाफ गर्दा गर्दै पनि गोडमेल र किरा हटाउन सकिदो रहेछ, खाली ठाउ पनि प्रयोगमा आयो ।
अहिले सम्म किसानको खेतबारी बाझै रहने गरेको र रोजगारीको संभावना नै भएन भनेर चिच्याउनु भन्दा रहेक हरेक संभावना हरुको खोजी गर्न खनाल एक उदहारण बनेका छन ।यस्ता कार्य अरुले पनि सिको गर्न जरुरी पो छ की ?






















































