सामुदायिक बिद्यालयमा बस सेवा

गोबिन्द पौडेल 
इलाम  : इलामको रोङ गाउपालिका ४ भालुभोडामा रहेको सरस्वती माध्यमिक बिद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ ।

२२ लाख १४ हजार २ सय ७७ रुपैयाको लागतमा बस खरिद गरिएको बिद्यालयले जनाएको छ । रोङ गाउपालिकाले चालु आर्थिक बर्षको बजेटबाट २० लाख रुपैया बिनियोजन गरेपछि अपुग रकम बिद्यालयले थप गरि स्कुल बस खरिद गरिएको बिद्यालयका प्रधानाध्यापक प्रेम राईले जानकारी दिनुभएको छ ।

सामुदायिक बिद्यालयले बिद्यार्थी वसार पसार गर्न बस प्रयोग गरेको सम्भवत इलाम जिल्लामा नै पहिलो भएको रोङ गाउपालिकाका प्रबक्ता सुवास तामाङ ले बताउनु भयो । सामुदायिक बिद्यालयको स्तर बृध्दी गदै नमुना बनाउनका लागि बिद्यालयले बस खरिद गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार