देश लोडसेडिङमुक्त घोषणा गरिए पनि धनकुटाका कतिपय गाउँ अन्धकार

धनकुटा : नेपाल विद्युत् प्राधिकरणले देश लोडसेडिङमुक्त भएको घोषणा गरिसकेको छ तर धनकुटामा भने विद्युत्को आपूर्तिमा अनियमितता देखिएको छ ।

बेलाबेलामा लोडसेडिङ भएपछि जनताले सरकारको घोषणाको अनुभूति गर्न पाएका छैनन् । गत बैशाख ३१ गते देश लोडसेडिङमुक्त घोषणा भयो, जसका कारण वर्षौँदेखि लोडसेडिङको मारमा परेका जनता उत्साहित बने ।

तर धनकुटामा बेलाबेलामा विद्युत् आपूर्ति रोकिँदा घोषणा अनुसार जनताले राहतको महसुस गर्न पाएका छैनन् । छिनछिनमै बिजुली आउने जाने गर्दा धनुकुटावासी हैरान भएका छन् ।

पूर्ण रुपमा कार्यान्वयन नभएपछि विद्युत् प्राधिकरणको यो घोषणाले धनकुटामा गिज्याइरहेको छ ।

लोडसेडिङको समयमा त बरु निश्चित समयमा लोडसेडिङ हुन्थ्यो तर अहिले भने जुनसुकै बेला पनि बिजुली जाने गरेकोे धेरैले गुनासो गर्न थालेका छन् ।

लोडसेडिङमुक्त देश त घोषणा भइसक्यो तर त्यसको अनुभूति गर्न नपाएको धनकुटा छिन्ताङका हरि राईको गुनासो छ ।

ग्रामीण क्षेत्रमा त अझ समस्या झनै बढी छ । ग्रामीण क्षेत्रमा अधिकांश पोल जीर्ण भएको हुँदा हावापानीले पनि समस्या थप्ने गर्दछ ।

समयमै बिल काट्ने मान्छे नपुग्दा थप समस्या हुने गरेको धनकुटा सहिलभुमी गाँउपालिका २ का बडाध्यक्ष रत्न बहादुर राईको भनाइ छ ।

आफुहरुले बिजुलीलाइ नियमित गर्न खोजे पनि एउटा लाइबाट धेरै ठाउँम विजुली वितरण गर्नुपर्ने भएकोले एक ठाउँमा क्षति हुँदा सबै ठाउँमा विजुली काटिने गरेको विद्युत प्राधिकरण धनकुटा शाखाका सहायक प्रशासकीय अधिकृत जयबहादुर राई बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार