नरेन इलामेली
माइजोगमाई : साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रले साहारामा आबद्ध मृतक सदस्यको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
माइजोगमाई गाउँपालिका २ खोल्मेमा संचालित प्रगतिशील साहारा महिला समुहमा आबद्ध स्व. नरमाया खड्का –निरौलाको- परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो।
साहारा नेपाल नयाँबजार सेवा केन्द्रका शाखा प्रमुख हेमराज पाण्डेको अध्यक्षता तथा समाजसेवी केशव खँड्काको विशेष उपस्थितिमा नगद ९१ हजार प्रदान गरिएको शाखा प्रमुख पाण्डेले बताए। सहयोग समुहकि जेष्ठ सदस्य सीतामाया खँड्काले मृतकका श्रीमान टेक बहादुर खँड्कालाई हस्तान्तरण गरेकाहुन्।
गत एक बर्ष देखि साहारामा आबद्ध खँड्काको१२ माघ २०७४ मा कलेजो रोगका कारण मृत्यु भएको परिवारले जनाएको छ।



















































