गोबिन्द पौडेल
इलाम : एक करोड कर संकलन गर्न लागेको रोङ गाउपालिकाले एकिकृत संपतिकर संबन्धि दोश्रो चरणको छलफल कार्यक्रम करदातासग गरेको छ ।
गाउपालिकाको लागि आनतरिक श्रोत नभइ नहुने तर कर लगाउदा पनि नागरिकले आफैले छानेको जनप्रतिनिधिहरुले नागरिहकहरुले करले डामेको महसुस नगरि कर संकलनमा सहजता हुने प्रत्याभुती दिन स्वयं करदाता सग ब्यापक छलफल र नन्र्तक्रिया गरेको हो ।
पहिलोचरणमा हरेक वडामा टोलटोलका सवैजनासग करको महत्व र आवश्यक्ताको बारेमा ब्यापक जानका।री गराएको थियो भने दोश्रो चरणमा कुन ठाउकोलागि कस्तो र कति प्रतिसत कर लगाउन सकिन्छ भनेर नागरिकहरुको लिखित र मौखिक सुझाव संकलन कार्य सबै वडाहरुमा गरेको छ ।
करको प्रचलित सिद्धान्तको प्रयोगले कर बहनको क्षमतालाइ थेग्न सकोस र नागरिकहरुलाइ पनि असहजताको महसुस नहोस भनेर नागरिकहरुबाट आएको लिखित र मौखिक कर प्रस्तावहरुलाइ गाउपालिकाको अध्यक्ष वा उपाध्यक्षको अध्यक्षतामा कार्यकारी अधिकृत ,योजनाशाखाको प्रमुख, मालपोतका प्रतिनिधि लगायतको समिति बनाएर करदाताहरुबाट आएको प्रस्तावलाइ काटछाट गरि न्युनतम दररेट कायम गरि आकडा तयार पारिने कार्यक्रम तेश्रोचरणमा गरिने र गाउसभाबाट पारित भएपछि कर स्वघोषणकोलागि हरेक नागरिकहरुको घरघरमा मुल्य बिबरण,करको दर, तिर्ने अबधि,छुट र जरिमानाको ब्यबहोरा सहितको करबिजक कर्मचारीमार्फत घरघरमा लगेर टासि कर तिर्न प्रेरित गरिने कार्ययोजना रहेको गाउपालिकाको प्रवक्ता मनिकुमार स्याङ्बोले बताए ।
अहिले सबै स्थानिय निकायले कर उठाउने कार्ययोजना बनाइरहेकोमा आफूहरु गाउसभाबाट करको दर कायमगरि एकैपटक नागरिकहरुलाइ कर तिर्न बाध्य नपारिने उदेश्यको साथ यो योजना ल्याइएको गाउपालिकाको उपाध्यष चन्द्रकला राइको भनाइ रहेको छ ।
आखिर गापालिकालाइ एककरोड नै राजस्व किन चाहियो त भन्ने जिज्ञासामा संघिय सरकारले गाउपालिकाहरुको स्तरिकरण गर्ने तैयारी गरेको र त्यसको प्रमुख आधार जनसंख्या र आम्दामी रहेको साथै त्यसकै आधारमा बजेट समेत पठाइने भएकोले केन्द्रिय बजेट प्राप्ति र नागरिकको आवश्यक्ता पुरागर्न पनि कर संकलन गर्नुपर्ने बाध्यता रहेको गाउपालिका अध्यक्ष समसेर राइले बताए । तर आफुहरु करको दर बढाउने भन्दा पनि करको दायरा बढाउने कार्यमा बढी क्रियाशिल रहेकोले नागरिकहरुलाइ ठूलो करको भार नपर्ने उनको भनाइ रहेको छ ।