पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
पूर्व स्थानिय विकाशमन्त्री पूर्णकुमार शेर्माले उपलब्ध गराएको निशुल्क ४ आना जग्गामा वडा र बजार ब्यवस्थापन समितीको पहलमा सार्वजनिक शौचालय निर्माण गरिएको वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो ।
शाौचालय निर्माण पश्चात विशेष गरी प्रत्येक शुक्रबार लाग्ने हाट बजार आउने सर्वसाधरणलाई सहज भएको छ । यस्तै सप्तमी बजारमै वधशाला निर्माणका लागि यो वर्ष गाउँपालिकाले एक लाख रुपैया विनियोजन गरी काम समेत अघि वढेको वडअध्यक्ष शेर्माले बताउनुभयो ।















































