संगठित  बनदैछन् किसान

गोबिन्द पौडेल

रोङ : किसानहरु असंगठित नहुदा ब्यपारी र बिचौलियाबाट  ठगिने गरेपछि आफुले उत्पादन गरेको कृषिको उपज उचित मुल्यमा बिक्रि गर्न र परंपरागत खेती प्रणलीमा सुधारगर्न किसानहरु संगठित हुन थालेका छन्

रातदिन मेहनत गरेर पनि जथीवनस्तर उकास्न नसकेका  किसानहरु सरकारी सेवा र सुबिधावाट बञ्चित हुने गरेका छन् भने आफुले उत्पादन गरेको कृषि उपजहरुको पनि उचित मुल्य नपाउदा सधै पिडीत बन्ने गरेका छन्। किसानहरु असंगठित भएर लाग्दा त्यसको प्रतक्ष फाइदा ब्यपारी र बिचौलिया हरुले लिने गरेका हुन् ।किसानले खरिद गर्नुपर्ने बस्तुको मुल्य ब्यपारीहरुलेनै कायम गर्ने र बेच्नु पर्ने बस्तुको मुल्यपनि ब्यपारीहरुलेनै कायम गर्ने हुदा किसानहरुको जीवन स्तर उठ्न नसकेको हो । यस्तै पिडा खेप्दै आएका  रोङ ६ रम्भ्याङका किसानहरु खेती प्रणालीमा सुधार र आफुले उत्पादन गरेका बस्तुहरु सामुहिक रुपमा बजारमा पुर्याउन कृषि समुह गठन गरि संगठित भएका  समुहका सदस्य श्याम आचार्यको भनाइ रहेको छ ।

इन्द्र प्रधानको अध्यक्षतामा गठन भएको रम्भ्याङ कृषि समुहमा रामकुमार राइ उपाध्यक्ष, संजिब गुरुङ सचिव लगायत सात जनाको तर्दर्थ समिति बनेको छ किसानको हितमानै अधिक्तम् काम गर्ने र कृषि पेशालाइ सम्मानित पेशा बनाएर आर्थिक समृद्धि कायम गर्ने लक्ष्यको साथ काम थालेको नवगठित तर्दर्थ समितिका अध्यक्ष इन्द्र प्रधानले बताए ।

यता सरकारी नितिपनि सेवा र सुबिधा दिन ब्याक्तिगत भन्दा सामुहिक प्रभावकारी हुने र रोङ गाउपालिकाको सबै स्थानमा कृषक समुह बनाएर आगामी कार्यबिस्तार गरिने रोङ कृषि शाखाको प्रमुख नगेन्द्र कुमार तामाङले बताउछन् ।

यसैबिच रोङ ६ मा गठित किसान समुहले आजबाट उत्पादित तरकारी संकलन गरेर बबजारी करण गर्न थालेको छ । समुहका सदस्यमार्फत सदस्यहरुले उत्पादन गरेको तरकारी बजारमा लैजाने र भाडा र खर्च कटाएर सबै पैसा किसानले पाउने गरि कार्य थालिएको छ ।

पछिल्लो समयमा बेरोजगारी दर बढेर युवाहरुको आर्कषण बैदेशिक रोजगारी तिर ढल्किरहेको बेला स्थानिय सरकारले कृषि क्षेत्रमा लागेका युवाहरुलाइ प्रेरणा दिन सके राज्यले परिकल्पना गरेको आर्थिक समृद्धि हाता लाग्ने निश्चित रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार