इलामः इलाम नगरपालिका ४ मलातेमा अलैची खेतीमाउन्नत प्रविधि विस्तार तथन नमुना प्रर्दशन कृषक पाठशालाको अनुभव आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।
उन्नती समावेशी वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा स्थानीय उज्यालो कृषि सहकारी सस्थाले गत कार्तीक देखि सञ्चालन गरेको पाशलाको समापनका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा न ४ का वडाअध्यक्ष नुतनदेव दुलालले पाठशालामा गरिएका अग्यानीक अभ्यासहरु दिगो कृषिका लागि निक्कै उपलव्धी मुलक भएको बताए ।
कार्यक्रममा वडा सदस्य सिता वरालले कार्यक्रमले अलैची खेतीलाई आधुनीक बनाउन सहयोग गरेको बताइन् । पाठशालाका प्रशिक्षक अलैची विकास केन्द्र पान्दमका अलैची विकास अधिकृत लक्ष्मि नारायण शर्माले पाठशालामा अलैची खेती प्रविधि, रोग किरा रोकथाम, अग्यानीक विषादी निर्माणका लागि व्यवहारीक अभ्यास गरेको जानकारी दिए ।
उन्नतीका इञ्जीनिय सरोज यादवले पाठशालाबाट सिकेका व्यवहारीक कुराहरुलाई व्यवहारमा उर्तान सहभागिलाई अनुरोध गरे ।
आठ महिना अघि देखी शुरु भएको पाठशालाका सहभागी रोलमाया दुलाल, गाँगा प्रसाद नेपाल, हरि नेपाल, दिपेन्द्र दुलाल लगायतले पाठशालामा अलैची खेतीको आधुनीक प्रविधिको बारेमा जानकारी पाएको बताए ।
सस्थाका अध्यक्ष विष्णु दुलालको अध्यक्षतामा भएकोमा अध्यक्ष दुलालले किसानलाई अगनीक विषादी वितरण, नमुना प्लट प्रर्दशन, अग्यानीक विषादी निर्माण लगायतका अभ्यास गरेको बताए ।