पहिरो खस्दा स्काभेटरसँगै चालक पुरिए

फुङलिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजेनीमा पहिरोले बाटो खनिरहेको स्काभेटर र चालकलाई पुरेको छ। साविक खेजेनिम-३ देखि मामाङ्खे जाने सडक खन्ने क्रममा मंगलबार साँझ साढे ६ बजे खसेको सुख्खा पहिरोले स्काभेटरसहित चालकलाई पुगेको स्थानीय जगन पौडेलले जानकारी दिए।

पौडेलका अनुसार चालक पाँचथर घर भएका कृष्ण कटुवाल पुरिएका हुन्। ‘पहरामा बाटो खनिरहेको अवस्थामा एक्कासी माथिबाट पहरो फुटेर आएरपछि स्काभेटरसँगै चालक पुरिएका हुन्’, घटनास्थलमा रहेका पौडेलले भने।

सँगै रहेका सहचालक भने भागेर बाच्न सफल भएका छन्।। खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी गइरहेको र पुगेपछि थप जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार