अन्तर मावि टि–ट्वान्टि क्रिकेट प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सम्पन्न

इलाम : ठूलो टुडिखेलमा जारी अन्तर मावि टि–ट्वान्टि क्रिकेट प्रतियोगितामा आजबाट क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

आज सम्पन्न अन्तिम क्वार्टरफाइनलमा अमर मावि बरबोटेले ज्योति बिद्या मन्दिरलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्योति बिद्या मन्दिरले १४ ओभरमा अलआउट हुँदै मात्र ६५ रन बनायो ।

उसका लागि सर्वाधिक सन्तोष तामाङले २८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट हुन पुगे । ज्योति बिद्यालाई कसिलो बलिङ गरेर दबाबमा राखेको अमर माविका तर्फबाट सगुन निरौलाले ४ ओभर बलिङ गर्दै ९ रन खर्चेर सवाधिक ४ विकेट लिन सफल भए । नविन रायाले पनि २ विकेट लिएका थिए । ६६ रनको mिभनो लक्ष्य पछयाएर ब्याटिङमा आएको अमर माविले आक्रमक ब्याटिङ गर्दै १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो ।

उसका लागि नविन रायाले सर्वाधिक २२ रनको पारि खेले । प्रतियोगितामा नविन राया म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा भोलि सेमिफाइनलका खेल हुनेछ । पहिलो सेमिफाइनलमा उपाधिको बलियो दाबेदार मानिएको मन्टेश्वरी र प्रज्ञा सदनबीच खेल हुनेछ भने दोस्रो खेल हेरीटेज बिरुद्ध अमर माविले खेल्ने आयोजक जिल्ला क्रिकेट संघका सदस्य महेश वान्वाले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल आउँदो जेठ २५ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार