स्काभेटर सहित पुरिएका चालकको १२ घन्टा पछि जिवितै उद्धार

युद्धबहादुर बोहोरा 

इलाम : देउमाइ नगरपालिका-१,मैदानमा स्काभेटर सहित पुरिएका चालकको १२ घन्टा पछि जिवितै उद्धार गरिएको छ।

बा २ क ८६७७ नम्बरको स्काभेटर पहिरोले पुरिँदा पाँचथर फालेलुङ्ग -५,निवासी बर्ष ३५ का चालक राजु राई जिवितै अवस्थामा क्याविन भित्र थुनिएका थिए। प्रहरी,नेपाली सेना र स्थानीयबासीको उद्धार टोलीले ग्रेन्डर र ग्याँस कटिङ्गको सहायताले क्याविन काटेर सकुशल निकाल्न सफल भएको र उपचारका लागि झापा लगिएको राँके ट्राफिक प्रहरी इन्चार्ज सागर दाहालले जानकारी दिए।

निजको अवस्था भने संतोषजनक रहेको उनले बताए। सोमबार दिउँसो २ बजे सडकमा ढुङ्गा फुटाउने क्रममा माथिबाट ठुलो ढुङ्गा खसेर स्काभेटरको अगाडिको भाग थिचे पछि चालक भित्र थुनिएको घटनास्थलमा खटिएका रक्से प्रहरी चौकीका हवल्दार शुक्र राइले बताए।

थुनिएका चालकलाई अक्सिजनको सहायता मिलाइएको र स्वास्थकर्मी बोलाइ प्राथमिक उपचार गरिएको थियोे। घटनास्थल मेची राजमार्गबाट दुई घण्टा टाढा पर्ने भएकोले उद्धार सामाग्री र थप टोलि फिदिम र इलाम बाट आउन बढी समय लागेको ट्राफिक  दाहालको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार