८० बर्षीय आमालाइ चक्कुले हानी हानी मारे यी युवाले, यस्तो रहेछ कारण

भारतको आन्ध्र प्रदेशको गुन्टुर इलाकामा एक छोराले आमाले कुखुराको मासु नबनाएको भन्दै चक्कुले आक्रमण गरी हत्या गरेका छन् । भारतिय मिडियाका अनुसार ४५ वर्षीय बेज्जम किशोर ले ८० वर्षे बेज्जम मारियम्माको हत्या गरेका हुन् ।

अत्यधिक रक्सी पिउने किशोरलाई उनकी श्रीमतीले यहि कारणले छोडेकी थिइन् ।आमालाई चक्कु प्रहार गरेपछि किशोर तत्काल भागेको बताइएको छ । ग्रामिण स्वास्थ्यकर्मी समेत रहेका छोराले आमालाई दिउँसो कुखुराको मासु बनाउन आदेश दिएका थिए ।

जब उनकी आमाले यसो गर्न सकिनन् तब किशोरले किचनमा भएको चक्कुले आमा माथि आक्रमण गर्दा आमाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार