गोबिन्द पौडेल
इलाम : नजिककैको अन्तु डाडामा प्याराग्लाइडिङको परीक्षणको हल्ला सुनेर र इलाम सदरमुकाममा हवाइजहाजको परिक्षण उडान सुनेर रमाएका जति छन् तर त्यहि गाउको पुछारमा बसेकाहरु भने बर्षादमा बासको फड्केको साहारमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।
सुयोदय नगरपालिका वडा नं ६ को तारगाउ र रोङ गाउपालिका वडा नं ६ को रम्भ्याङको बिचमा रहेको फाम खोला र सुयोदय नगरपालिका ५ को समाल्बुङ र रोङ ६ को रमभेडे गाउको बिचमा रहेको सिद्धिखोलामा झोलुगे पुल नहुदा यहाको नागरिकले जोखिमपूण तरिकाले बर्ष बिताउनु परेको छ रम्भ्याÄ र तारगाउका नागरिकहरु मेलापात र पर्म गर्न मात्रै हैन तारगाउबाट रम्भ्याङको बिद्यालयमा पढ्न जाने सासाना नानीहरु पनि खोला तरेर र वासको अस्थाइ पुलको प्रयोग गरेर ओहोर दोहोर गर्ने गरेका तारगाउका इन्द्र प्रसाद आचार्यले बताए ।
यता सिद्धि खोलामा समेत पुल नहुदा समाल्बुङ र रम्भ्याङका नागरिकहरुले यस्तै कस्टकर दिनहरु बिताउने गरेका छन् । खोला घटेको बेलामा मेलापात र जन्ति मलामी अनि बारीपारी घासदाउरा गर्ने नागरिकहरुको लागि बर्षादको समय बिरानो भएर बस्नुपर्ने बाध्यता रहेको रोङ ६ का गणेश राइले बताए ।
उनीहरुकै पहलमा हरेक बर्ष बासको पुल बनाउने गरेका त छन् तर बर्षादको भेल सगै चिनोबानो र्हदैन यो एकै बर्षमा चार पाच पटक सम्म हुने गरेको छ ।
यता रोङ ६ का नागरिकहरुले भने यस बर्ष उक्त स्थानमा पुल बनाउन टोलबाटै योजनाको छनौट गरेका छन् तर सुयोदयले योजना नबनाएमा हबनन नसक्ने संभावना रहेको छ तर्सथ पनि जन प्रतिनिधिहरुले आवश्यक्ताको पहिचान गर्न जरुरी रहेको छ ।
रेल र पानीजहाजको पकिल्पना गरेको सरकारले नागरिकलाइ सहज र सुरक्षित बनाउन सुयोदय नगरपालिका र रोङ बिचको उक्त स्थानको सिद्धिखोलामा पुल बने संभवत नेपालकै सुदुरपुर्वमा बनेको पुल हुने छ ।