मोटरसाइकलको मूल्य बढ्ने

काठमाडौं : बजेटले गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने भएको छ।संघीय संसदमा आर्थिक वर्ष २०७५र७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने बताएका हुन् ।

खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र १ सय ५० सिसी भन्दा धेरै इन्जिन क्षमताको दुई पांग्रे सवारीसाधनमा अन्तशुल्क बढाइने बताएका हुन्।

खतिवडाको यो भनाइले आगामी आर्थिक वर्षदेखि भित्रिने गाडी तथा मोटरसाइकलको महँगो पर्न जाने छ।

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो ।

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार