काठमाडौं : सरकारले स्वास्थ्य बीमाको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारले वृद्धभत्ता नबढाएर त्यसको सट्टामा स्वास्थ्य बीमाको व्यवस्था गरेको हो ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गरेका हुन् । बजेटमा एकीकृत सामाजिक सुरक्षाको नीति लिइने उल्लेख छ ।
संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गरेका छन् । नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।