काठमाडौं : सरकारले सबै स्थानीय तहमा कम्तिमा एकजना डाक्टरको व्यवस्था गर्ने भएको छ ।अर्थमन्त्री युवराज खतिवडाले आव ०७५र०७६ को बजेट मंगलबार संसदमा पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै अस्पतालहरुमा ज्येष्ठ नागरिक वार्ड सञ्चानल गर्ने तथा सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाइएको छ । अर्थमन्त्रीले देशभरी स्वास्थ्य विमा विस्तार गर्ने कुरा उल्लेख गरेका छन् ।