हरेक प्रदेशमा रंगशाला बनाउने, खेलका लागी मात्र २ अर्ब चार करोड

काठमाडौं : सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख गरेका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ साथै स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो ।

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार