इलाम : इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा प्राविधिक परीक्षण उडान हुने भएको छ ।
विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण सकिएकोले आगामी जेष्ठ २१ गते तारा एयरलाईन्सको जहाज बाट परीक्षण उडान गरिने आयोजनाका इन्जिनियर सन्दिप मिश्रले जानकारी दिए ।
विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भएको धावनमार्गमा उडान परीक्षण गर्ने प्राधिकरणको योजना छ । परीक्षण उडान गर्ने मिति ७४ चैत मानै भएपनी प्राविधिक समस्याले उडान हुन सकेको थिएन त्यस लगतै ७५ जेष्ठ ३ गते लाई मिति तय भएको भए पनि त्यस समयमा लगातारको बर्षाले धावन मार्गमा क्षति पुरर्याएको र अहिले धावन मार्ग सम्याउने काम सकिएकोले उडानको तयारी गरिएको इन्जिनियर मिश्रले जानकारी दिए ।
७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावन मार्गको विमानस्थल २०६८ मा शिलान्यस भएको हो । २०७० सालबाट प्राधिकरणले काम अघि बढाएर पहिलो चरणमा डाँडा सम्याउने काम भएको थियो । त्यसपछि नाली काट्ने र ग्याबिन लगाउने कामका लागि कम मात्र बजेट आएकाले निर्माणमा ढिलाइ भएको हो । यो वर्ष १ करोड १५ लाख रुपैयाँमा धावनमार्गमा सम्याउने काम भएको हो ।
नगरपालिकासहित जिल्लाका विभिन्न सरोकारवालाले रकम संकलन गरेर तीन सय २६ रोपनी जमिनमा विमानस्थल निर्माण सुरु भएको हो ।



















































