सुर्योदय : इलामको सुर्योदय नगरपालिका ६ र ७ मा सञ्चालन गरेको अलैंची खेती प्रविधि विस्तार तथा प्रदर्शन कृषि पाठशाला अनुभव अादानप्रदान कार्यक्रम गर्दै सम्पन्न गरिएको ।
दस महिना सम्म चलेको पाठशालामा अलैंची खेतिको नर्सरी देखि बजारीकरण सम्मको व्यवहारीक अभ्यास गरेको जानकारी दिईयो । उन्नति समावेशी वृद्धि कार्यक्रम को सहयोगमा सुर्योदय महिला बहुउद्देश्यीय सहकारी कन्यामको अायोजनामा भएको तालिममा अलैंची विकास केन्द्र का प्राविधिक दिल वहादुर श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।
सस्थाका अध्यक्ष हेमन्त निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा उन्नतिका ईञ्जिनियर सरोज कुमर यादव , वाड न छका अगुवा कृषक मेदनी पोख्रेल , वाड न ७कि हेमन्त गड्तौला , वाड न ७का वडा अध्यक्ष लेखनाथ खड्का , वडा सदस्य टीका देवि पोख्रेर , कृष्णाश्रम माविका प्रधानाध्यापक देव कुमार दहाल, सस्थाका सह व्यवस्थापक राधा कटुवाल लगायतले अलैंची खेतिमा पाएको व्यवहारीक ज्ञानलाई सहभािगले उपयोग गर्नुपर्ने बताए । सुनपा ६ र ७ मा सञ्चालन गरिएको पाठशालामा ६० कृषक सहभािग थिए ।






















































