इलाम ः जिल्ला प्रहरी कार्यालय इलामले सालकको खबटा सहित दुइजनालाई पक्राउ गरेको छ ।
देउमाई नगरपालिका ४ बस्ने बर्ष २८ को सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान १५ तुलसीपथ अस्थायी बसोबास गर्ने बर्ष ५० किफुर्वु भोटेलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो पक्राउ गरेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । देउमाई नगरपालिका ४ स्थित मंगलबारे वजारबाट इलामतर्फ आई रहेको मे.९प.२९०९ नं.को मोटर साईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल सवारको झोलाबाट दुर्लभ सालकको खपटा बरामद गरिएको छ ।
उनीहरुको साथमा अबैध रुपमा ल्याएको लोपउन्मुख सालको खपेटा ४ किलो, २ सय ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



















































