आगलागीबाट सात लाखको क्षति

इलाम : इलामको पशुपतीनगरमा आज आगलागि हुँदा सात लाख बराबरको क्षति भएको छ ।

सूर्योदय नगरपालिका वडा नम्वर तीन स्थित कमल खवासको घरमा आगलागि हुँदा सो बराबरको क्षति भएको हो ।
घरभित्र बालेको मैन बत्तीका कारण टीन र काठले बनेको एक तले घर सहित घर भित्र रहेका सम्पूर्ण सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आगलागिबाट घरभित्र रहेको आठ बण्डल टीन, उत्तिस चिलाउनेको काठ, टीभि, सोकेस, दराज लगायतका सामाग्री जलेर नष्ठ भएका थिए ।

आगो सूर्योदय नगरपालिकाको दमकल, स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
लामो समयदेखी काठमाण्डौ बस्दै आएका खवास परिवार हिजो मात्र घर आएर आज घर सफाइ गर्ने क्रममा मैन बत्तीका कारण आगलागि भएको वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार