जमुनामा होमस्टे तालिम सुरु

इलाम : ग्रामिण पर्यटन पर्वधनकालागि पर्यटकलाई खान र बस्ने व्यवस्थाका विषयमा जानकारी गराउने उदेश्यले इलामको सन्दकपुर ५ जमुनामा आजदेखि होमस्टे तालिम सुरु भएको छ ।

मेची पहाडी क्ष्ँेत्र पर्यटन प्रर्वधन विकास समिति र नेपाल पर्यटन वोर्डको आयोजनामा सुरु भएको तालिम ५ दिनसम्म चल्ने छ । तालिममा ४० जनाको सहभागिता छ । सहभागीलाई समितिका योजना अधिकृत संजिव पौडेल र महेन्द्ररत्न बहुमुखी क्याम्पसका उप प्राध्यापक देवराज घिमिरेले सहजीकरण गरिरहनु भएको छ ।

पछिल्लो सयम जमुनाका ढाप पोखरी, हा“गेथाम, चोयाटार, जौवारी, नुनथला लगायत क्ष्ँेत्रमा पर्यटन पूर्वाधार विकासको प्रयास थालिएपछि होमस्टे तालिमको माग हु“दै आएको थियो । तालिममा पर्यटकको स्वागत सत्कार, घर व्यवस्थापन, स्थानीय उत्पादन प्रर्वधन तथा बजारीकरण, दिगो पर्यटनको सञ्चालन लगायतका विषयमा जानकारी गराइने आयोजकले जनाएको छ ।

जमुनास्थित सामुदायिक भवनमा आयोजित तालिमको उद्घाटन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देविचरण फुएलले गर्नु भएको थियो । सो अबसरमा सन्दकपुर ५ का वडाध्यक्ष जितवहादुर सा“वा, मेची पर्यटनका संजिव पौडेल, राजनीतिक दलको तर्फवाट उमेश गुरुङ, चन्द्रपाल थेवे ढापसिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराई, नेपाल पत्रकार महासंघ इलाम शाखाका सचिव खेम भुजेल लगायतले स्थानीयको चाहना र आवश्यकता अनुसारको तालिम आयोजना भएकाले सहभागिले भरपुर उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार