कृषक दम्पत्तीको हत्यामा संलग्न चार जना सार्वजनिक

बारा : बाराको सिमरा बजनीका कृषक दम्पत्ती हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो ।पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–२ का रमेश थापा, सोही वडाका गोपालबहादुर लामा, वडा नं. ३ का गुप्तबहादुर लामा र नवलपरासी गैंडाकोटका अर्जुन नेपाली छन् ।

घटनाका मुख्य योजनाकार रमेश थापा भएको बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन ।गत मंसिर १६ गते राति जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ बजनी बस्ने कृषक दम्पत्ती दिपकराज सुवेदी र उनका श्रीमती दीपा सुवेदीलाई हथौंडा र रड प्रहार गरी हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार