१० दिन भनेको कुरा १ महिना हुन लाग्दा प्याराग्लाइडिङ्ग उड्यो जहाज उडेन

नयाँ बुलन्द 

इलाम : इलाममा विमानस्थल निर्माण सुरु भएको पाँच वर्ष बितिसकेको छ । तर विमानस्थल निर्माणको काम अझै सकिएको छैन ।

निर्माणको काम सुरु भएदेखि नै यहाँका बासिन्दाले त्रास मात्र बेहोर्नुपरेको छ । इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको काममा ढिलाई हुँदा नागरिकले सास्ती बेहोर्नुपरेको छ । विमानस्थल निर्माणको कामले गति लिन नसकेपछि वर्षातका बेला आउने बाढी र पहिरोका कारण स्थानीयले त्रास बेहोर्नुपरेको हो ।

तर गत वैशाख १७ गते इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा इलामका सांसद् समेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले इलामको सुकिलुम्बा फाल्गुनन्द बिमान्स्थल दश दिन भित्रमा परिक्षण हुने बताएका थिए । तर, त्यसबेला बोलेको कुरा एक महिना हुन लाग्दा समेत पुरा भएको छैन ।

पत्रकार सम्मेलनमा एक दशकदेखि निर्माण कार्य शुरु भएको बिमानस्थल सञ्चालनमा जिल्लाबासीको चासो बढिरहेको बेला नेम्बाङले दशदिन भित्रमा टेष्ट फ्लाइट हुने बताएका थिए । सुकिलुम्बामा ट्वीनअटर विमान अवतरण तथा उडान हुने बताइएको थियो तर अझै सम्म पनि परिक्षण उडान नहुँदा स्थानीय निराश छन् ।

विगतमा समेत सुकिलुम्बा विमानस्थल दलका नेतालाई भोट माग्ने गतिलो माध्यम बनेको स्थानीयको आक्रोश छ ।अब इलामे जनता पर्ख र हेर मा आफ्नो जहाज चडेर काठमन्डौ जाने सपना बोकेर बस्न वाध्य बनेका छन् । हेरौ कैहिले आउछ त बिमान इलाम को सुकिलुम्बा मा ?? यो सबै को  चिया गफको  मेलो बन्न थालिसकेको छ ।

तसर्थ जिम्मेवार निकायले गम्भीरतापूर्वक मनन गरी यथाशक्य छिटो काम पुरा गर्न आवश्यक छ । पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको यस विमान स्थलको काम चाँडो सम्पन्न गरिनु पर्ने स्थानीयको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार